हिडौं साथी देश देख्न ..... नबसौं मनलाई रोकी

ठूलालाई सम्मान मेरो,सानालाई माया 
साथीभाई प्यारा मेरा, सधै दायाँबायाँ। 

 

अन्नपूर्ण माछापुछ्रे हेरी फर्की आएँ
प्रकृतिप्रति धन्य भएँ, यसरी  वर्णन लाएँ। 




पोखराबाट झिनु पुग्नु, छोम्रोङ्गमा खाना खानु 
खर्चालु धेरै नबन्नु १५ हजार लैजानु। 

आफुले सक्ने गर्नुपर्छ, देखावटी बन्ने होइन 
दु;ख एक्लै काट्नुपर्छ, कोहिले कठै भन्ने होइन। 

पहिलो दिन बस्नु अपर सिनुवा, दोस्रो दिन देउराली 
कहिले छन् सम्म  बाटा, कहिले उकाली ओराली। 

डाँडाकाँडा वनजंगल खोलाको छङ्गछङ्ग आवाज 
सबै कुरो भुलेर रमाऔं प्रकृति माझ। 

बराह्थान मन्दिरको दर्शन गरि जाऔँ 
अन्नपूर्ण माछापुछ्रे अलौकिक रहेछ ठाउं। 


थकाई मार्दै गएपनि रमाइलो एमविसी पुगिन्छ 
तेस्रो दिनको बास बस्न एविसी नै ठीक हुन्छ। 

भोलि बिहानको सुर्योदय हेर्न उठ्नु है जाँगर गरेर 
जम्मा ५ दिनमा ट्रेक  सकिन्छ फेरी पोखरा झरेर। 

प्रकृतिको वरदान कति राम्रो देश हाम्रो 
सधै एकै ठाउं कति बस्नु कहिले त घुम्नुफिर्नु राम्रो। 

बोतल /लौरो/ जुत्ता /कपडा चाहिने सामान बोकी 
हिडौं साथी देश देख्न नबसौं मनलाई रोकी।  







 













Comments

Popular posts from this blog

माघ महात्मेय

केहि नहुँदापनि “माया” होस् । कोही नहुँदापनि एकअर्काको “साथ” होस् ।

रमाइलो पाँचपोखरी -पुग्नु है जसरी