रमाइलो पाँचपोखरी -पुग्नु है जसरी

भदौको अन्तिम साता भदैनी आशाले फोन गरिन् , फुपू पाँचपोखरी जाऊँ भन्दै। उनको कुराले मनमा खुसीको झिल्को बलिहाल्यो। आशा उनकी साथी प्रतिमा दुइजनै नर्स पेशाका । उनीहरुको छुट्टी तय नभएपनि भने मनमनै तयार भैसकेकी थिएँ। जानेदिन फिक्स नहुदै पाँचपोखरी पुगिसकेकी थिएँ ।ट्रेकिंगका लागि १९०० को ब्याग २७०० को जुत्ता किने। अलिकति बाटोखर्च पनि छुट्याएं। 

त्यतिबेलासम्म आशाको छुट्टी मिल्यो तर प्रतिमाको मिलेको थिएन। असोजको गते सनिबार बिहान ६बजेसम्मै ड्युटी गरेरमात्र प्रतिमालाई जान मिल्ने भयो। हामी जोरपाटीबाट बिहान बजेको गाडी चढ्यौं। सिन्धुपाल्चोकको छिम्ती पुग्दा करिब १२ / बजेको हुँदो हो प्रतिव्यक्ति ६५० लाग्यो बस भाडा। मोटरसाइकलमा जान्छु भन्नेलाईपनि छिम्तीमाथि देउरालीसम्म मोटरसाइकल जाँदो रहेछ। 

छिम्तीमा प्रतिव्यक्ति  १०० रुपियाँ तिरेर मिठो चिकेन चाउमिन खायौं। अनलाइनमा टेक्ने लौरो सोधेको १७०० / १८०० सम्म पर्ने बताए।  संयोगले चाउमिन खाएको होटेलमै अर्गानिक लट्ठी भेटयौं। छिम्तीबाट छिटो हिंड्नेहरु घण्टामै टुप्पीडाँडा पुग्ने रहेछन् ।  तर हामीलाई पुरै घण्टा लाग्यो। हामी त्यहाँ बास नबसेर त्यहाँ भन्दा पर ताङ्गु गाउँ बास बस्न गयौं। 

छिम्ती माथितिर बिजुली पुगेको रहेनछ।  एक घण्टा जेनेरेटर चलाईदिए होटेलवालाले अनि मोबाइल चार्ज गर्यौं। थाकेर पुगेको   पहाडको आलुको झोल अनि त्यहीं उत्पादन हुने च्याउ संग मज्जाले खाना खाएर मिठो निद निदायौं ।  जनाले राती खाना खाएको, बास बसेको बिहानको नास्ता गरेर ३000 रुपियाँ तिरेर हामी अगाडिको बाटो ततायौं।

नोस्यामपाटी पुगेर दोस्रोदिन बिहानको खाना खायौँ। त्यहाँ जनाले खाएको भेज खानाको १४०० तिर्यौं। फेरी अगाडी बढ्यौँ। लौरीबिनाको उकालो बाफ़्रे। रिंगटा नै लाग्दो। उक्त उकालो काटेर केहीबेर बनफूल सूर्यास्तको मनोरम दृश्यसँगै हरायौँ।

पाँचपोखरी पुग्दा झिमिक्कै साँझ परिसकेको थियो।  एउटा होटेलमा करिब १०० जना पाहुना पुगेपछि मात्र अर्को होटेल खोल्ने नियम जस्तै रहेछ। सबैजना सगोलमा बस्दा रमाइलो त छुट्टै फेरी। कसैले केहि ठट्टा गर्यो भने सबै जना गलल्ल हाँस्न पाइने। बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्मको लगातारको हिंडाइले ज्यान फतक्कै गलेको थियो। खाना खाएर भुसुक्कै निदाइयो। कुनै साथीलाई भने आगोको धुँवा र अलि अलि लेक लागेकाले केहि गाह्रो भएको सुनाए।

त्यसो केहि यात्रु हाई अल्टिच्य्उटका कारण बाटैबाट फर्केकापनि भेटिए।  बिहान उठेर कोहि सुर्योदय पाँचपोखरी भ्यू पोइन्ट तर्फ लागे।  कोहि महादेव मन्दिर दर्शनतर्फ।  पाँचपोखरीलाई इन्द्रावती नदीको उदगम स्थल मानिन्छ। हामी पाँचपोखरी  भ्यू पोइन्टतर्फ लाग्यौं। हामी भाग्यशाली ठहरियौँ।  खुलेको मौसम थियो।  निलो आकाशले पोखरीलाई आफ्नो रंगको सापटी दिंदा पोखरी अत्ति सुन्दर देखिन्थिन्।

अगाडी फर्किए चाँदी टल्किएसरी हिमालहरु।  पछाडी फर्किए पाँचपोखरी। अलौकिक सुन्दरतालाई अघाउन्जेल हेरेर आँखाभरी दृश्य सजाउँदै फेरी होटेल फर्क्यौं। बेलुकाको खाना /बास बसेको / बिहानको खाना गरेर ३ जनाको ५००० तिरेर हामी फेरी  ताङ्गु गाउँतर्फ झर्यौं फर्कंदा बाटोमा एक घण्टा जति पानी पर्यो। पानी पानी हिंड्न सकस हुने।  पानी परेका बेला जुका पनि सल्किए। 

होटेल फर्किंदा झमक्कै साँझ परिसकेको थियो। जिउ गलेको थियो। उसैगरी मिठो निद्रा लाग्यो। भोलिपल्ट खाजा खाएर फेरी ढिला नगरी बाटो लाग्यौं। दिउँसो १ बजे राजधानीका लागि छुट्ने बस भेट्टाउन जो थियो।

उकालो जेनतेन उक्लिएका खुट्टा ओरालोमा खुम्चिन अलि गाह्रो मान्दै थिए।  छिम्ती झरेर उही चिकेन चाउमिन खायौं। २० मिनेट जति आराम पनि गरियो। बेलुका बजे जोरपाटी आइयो। त्यो साँझ भदैनी आशाको मै बसें।  मोटामोटी हिसाबमा ब्याग जुत्ता सहित १२/१३ हजारमा पाँचपोखरी पुगेर आइने रहेछ। यदि खर्चालु स्वभाव छैन भने।

समग्रमा भन्नुपर्दा जिन्दगीको पहिलो ट्रेकिंग अति नै रमाइलो यादगार बन्यो। मनमा ट्रेकिंगको झिल्को बाल्दिने आशा उस्तै मिठो साथ दिने प्रतिमामा धेरै माया



  हजुरहरुपनि मौसम अनुकुल मिलाएर एकपटक अवश्य पाँचपोखरी पुग्नुहोला । ट्रेकिंग रुट सजिलो छ।  पानीको बोतल, लौरो, ब्याग र ट्रेकिंग जुत्ता अनिवार्य लैजानुहोला । यात्रा बारेका बाँकि कुरा मैले मेरो युट्युब टिकटकमा पनि राखेकी छु, हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला।  मेरो पेज भिजिट गर्नुभएकोमा धन्यबाद 

Comments

Popular posts from this blog

माघ महात्मेय

केहि नहुँदापनि “माया” होस् । कोही नहुँदापनि एकअर्काको “साथ” होस् ।