माघ महात्मेय
माघ महात्मेय चलिरहेको छ | हजुरहरु धेरैले स्वस्थानी पाठ गर्नुभएको होला |
पूर्णरुपले ब्रतालु हुन नसकेपनि बेलुका स्वस्थानी पाठ गरी यो हिंस्रक मनलाई एक महिना भएपनि साकाहारी खाना खान खुवाउन सक्नु श्र्यष्कर हो |
स्वस्थानीको कुरा गर्दा सानोबेलाको खुब याद आउँछ । प्रायजसो बुढोघर, बरमाथी र हाम्रो घरमा स्वस्थानी कथा बाचन गरिन्थ्यो ।
दिनभरी आ-आफ्ना दु:खजिलो भएपनि बेलुका झुरुप्प मझेरीमा जम्मा भएर कथा भने- सुनेको , दुना टपरी गाँसेको । असुरा र लालुपातेको फूल डालोभरि जम्मा गरेको ।
अहो, त्यो मनभोक/ प्रसादी कति मिठो भाको नि | त्यो एक टुक्रा उँखु | त्यो मेवाको टुक्रो | पन्चामृत र त्यसमा कुटेर राखेको ल्वांग सुकमेलको बासना अहा !!!!
कथा बाचनपछिको भजन/कृतन नाचगान झलझली आँखैमा छ | गाउँभरबाट कथा सुन्न जम्मा भएका आमा बुवा दाजुभाई दिदी बहिनीले गाउने भजन कृतनको रमाइलोले कहिले त मिर्मिरे उजेलो हुन्थ्यो |
स्वस्थानीको प्रसादी स्वामीलाई, स्वामी नभए छोरालाई छोरा नभए मीतछोरालाई अनि उनिपनि नभए नदीमा बिसर्जन गर्नु लगायतका केहि बुंदाबाहेक सबै पृष्ठका कथा प्रसङ्ग राम्रै लाग्छ ।
म धेरै त जान्दिन, तर धर्ममा मनलाई बाँध्ने शक्ति छ | मनलाई शान्ती मिल्छ । आखिर मनको शान्ती र मनको खुशी नै ठुलो कुरा रैछ ।। जय माघमहात्मेय ।। जय शिवशक्ति ।। जय श्रीस्वस्थानी माता 🕉🙏🏻🌷😇
This comment has been removed by the author.
ReplyDeleteawesome 🙏
ReplyDeleteधर्म मा मन र मानिस लाई बाँध्न सक्ने शक्ति हुन्छ.. Beautiful words..
ReplyDelete