Posts

सेलिब्रेटी बनेका साथीहरु ......म म भन्दै हुनुहोला

Image
मेरा साथी त, सेलिब्रेटी बनिसके....   तिनका फेसबुक, टिकटक, इन्ष्टाग्राम,  थ्रेड्स भा' भरिका पोष्टमा  सबभन्दा  पहिले मै हो लाइक ठोक्ने।  मेरो  पोष्ट त नदेख्या जस्तो गर्छन्  त्यति बोल्दैनन्  , गमक्क पर्छन्।  मेरा साथी त, सेलिब्रेटी बनिसके...... तिनका वर्थडे, छोराछोरीका, इष्टमित्रका.... एक होइन, अनेक  बेबी सावर, न्वारन, भातखुवाई,  ब्रताबन्ध, गुन्यूचोली, बिहेका पोष्ट  सबैमा, पहिले मै हो कमेन्ट ठोक्ने  मेरो  पोष्ट त नदेख्याजस्तो गर्छन्  त्यति बोल्दैनन् गमक्क पर्छन्।  मेरा साथी त, सेलिब्रेटी बनिसके। तिनले विदेश घुमेको, गाला चुमेको  रेष्टुरेन्टमा खाको, क्लब गाको  नयाँ लुगा लाको, उपहार पाको  तिनले हाँसेका फोटामा  नेता र कलाकार टाँसेका फोटामा  सबै -सबै पोष्टमा, मै हो पहिले हाजिर हुनी  मेरो  पोष्ट त नदेख्याजस्तो गर्छन् त्यति बोल्दैनन्  गमक्क पर्छन्।  मेरा साथी त, सेलिब्रेटी बनिसके..... तिनले गाडी किनेको,सपिङ्ग हिनेको, घर पूजा गरेको,भान्सा /भुजा गरेको,  कौशीमा कागती...

त्यो भित्ते पंखा / छोरीहरुको केक रहर - मुटु चस्काउने सम्झना ..

Image
 २१ मे २०२० , ५ वर्षअघि, आजैका दिनको घटना फेसबुकले याद दिलायो ।   फोटोमा देखिने मेरा २ छोरीहरु हुन्। यो हाम्रो कपिलवस्तु घरको बगैंचा हो।  बगैंचामा ठूलो क्रिसमसको रुख छ।  बुवाले त्यो रुख लगभग ३२ वर्ष पहिले रोप्नु भएको रे।  त्यसैको छहारीमा नानीहरु बसेका छन्।  हेर्नुस् त उनीहरु कति भाग्यमानी.....हजुरबुवाले रोपेको रुखको छहारीमा सित्तल पाईरहेछन्।   उनीहरुको हातमा चपिङ्गबोर्ड छ। त्यसैमा राखिएको छ, सानो 'होममेड केक'।   जुन ठूली छोरीले बनाएकी हुन्।  कुरा यसरि शुरु हुन्छ ...,,नानीहरुको स्कूलको अन्तिम परीक्षा सकियो।  हामी काठमाडौँबाट, तराई घर कपिलवस्तु गएका थियौं। जुनबेला कोरोना फैलिन शुरु भएको थियो।  गर्मी दिनहरुमा तराईमा  धेरै समय बस्न के सकिएला ? त्यही सोंचले केहि जोर मात्र फेर्ने कपडा बोकेका थियौं।   बाहिर लकडाउन थियो।  कुनै पनि पसल खुलेका थिएनन्।  पेटले फेरी "भोकडाउन" गर्नै नजान्ने। लामा दिनहरु।  खाना खाइसकेपछि पनि के खाउँ के खाउँ हुने। हामी ठूला मान्छेलाई त गाह्रो। अझ बच्चालाई त झन् के क...

साँइला कि सानी ....भाडाको घर, गाउँ फर्कने रहर ।

Image
सहरको खबर सोधौला …. सहरका ठाउँ ठाउँमा   ज्याकाराण्डा फ़ुलेको  छ,  हावाहुरी र चट्याङ्गको मौसम छ,  टन्टलापुर घाम छ,आकाश खुलेको छ।  डोजरले बाटाघाटा खनिराछ,  फ्लाईओभर पुल बनिराछ,  देश विकास भैराख्या छ, सरकारले यसै भनीराछ। सरकार चलेकै छ, संसद पनि चलेकै छ।  कस्तो पट्यार लाग्दो दिन भन्दै  सांसदहरु हाई काढ्याछन्  सबै मुद्दाको सुनुवाई हुने आश्वासन बाँड्याछन्।  ठूलमानहरुले कूलमानलाई हटाए .. कूलमानले उज्यालो दिन्थे, नआत्तिन भन्थे  उहिले नाफा थ्यो रे, अहिले घाटा भो रे  खोई, हिसाब-किताब जान्दिन म,  कुन्नि को को मोटाए ? तिमीपनि हेर्दो हौ, फेसबुक-युट्युबमा देशको सम्चार त  तिम्लाई पनि लाग्दो हो सानीको अत्यास त  बरु फर्क न, आऊ।  जाऊं,आफ्नै गाउँ।  म पनि छोडुंला भाडाको घर, यो बिरानो शहर।  अबेला भैसक्यो गाउँमा ,मलखातको मल फाल्न  धानको ब्याड राख्न, मकै छर्न।  बेला भैसक्यो करेला /काँक्रोलाई झिंक्रो हाल्न।  आऊ साँइला, फर्कौं आफ्नै ठाऊँ   खिलुवा,खनियो, आरु, काफल, खाऊँ।   ऐसेलु, ...

"लालपाटी" र फागुपुर्णिमा 🙏

Image
फागु खेलन हो, फागु खेलन........बाह्रै बजारैमा होली खेलन। यसो भन्दै ठूला बडाले गीत गाउने नाच्ने गर्नुहुन्थ्यो। हामी पनि रमाउँथ्यौं। पाल्पाको अन्नभण्डार माडीफाँट  र त्यसैको बिचोबिच रहेको "लालपाटी " मा बर्सेनि फागुपुर्णिमाको दिन  आयोजना हुने सभ्य र भब्य फागु मनैभरी झल्झली सम्झना आएको छ।  नाम नै "लालपाटी" फागु पुर्णिमाको रङ्गले त्यो ठाउं नै रातै रातै हुन्थ्यो। मान्छे त थरि थरिका रंगले पोतिएर आफ्नो /पराइ चिन्नै नसकिने। ढेंडुको जस्तो मुख पो पार्थे त। ...... मानिसहरुले  लेक लेकबाट आ आफ्ना उत्पादन कसैले  उँखुका भारी भारी झार्दथे।  कोहि लेकको कोदो/ फापर बेच्न ल्याउँथे। कोहि ल्याउँथे हातले  बुनेका बाँसका सुन्दर ढकिया, नाङ्गला , डाला , डोका।  कोहि आउँथे लेकको सागपात खाएर राता शीर बनाएका लोकल भाले बेच्न। यसरि लालपाटी वर्षको एकपटक खुसीको रंगमा लाल लाल हुन्थ्यो। धेरै समयसम्म नभेटिएका भाई/ साथी भेट्न पाइन्थ्यो।  जीविकोपार्जनका लागि किनबेच हुन्थ्यो।  भावना साटासाट हुन्थे। उमेर र समय संगसंगै जहाँ जहाँ पुगेर जसरी जसरि जीवन बाँचेपनि खासगरी चाडबाड...

हिडौं साथी देश देख्न ..... नबसौं मनलाई रोकी

Image
ठूलालाई सम्मान मेरो,सानालाई माया  साथीभाई प्यारा मेरा, सधै दायाँबायाँ।  अन्नपूर्ण माछापुछ्रे हेरी फर्की आएँ प्रकृतिप्रति धन्य भएँ, यसरी  वर्णन लाएँ।  पोखराबाट झिनु पुग्नु, छोम्रोङ्गमा खाना खानु  खर्चालु धेरै नबन्नु १५ हजार लैजानु।  आफुले सक्ने गर्नुपर्छ, देखावटी बन्ने होइन  दु;ख एक्लै काट्नुपर्छ, कोहिले कठै भन्ने होइन।  पहिलो दिन बस्नु अपर सिनुवा, दोस्रो दिन देउराली  कहिले छन् सम्म  बाटा, कहिले उकाली ओराली।  डाँडाकाँडा वनजंगल खोलाको छङ्गछङ्ग आवाज  सबै कुरो भुलेर रमाऔं प्रकृति माझ।  बराह्थान मन्दिरको दर्शन गरि जाऔँ  अन्नपूर्ण माछापुछ्रे अलौकिक रहेछ ठाउं।  थकाई मार्दै गएपनि रमाइलो एमविसी पुगिन्छ  तेस्रो दिनको बास बस्न एविसी नै ठीक हुन्छ।  भोलि बिहानको सुर्योदय हेर्न उठ्नु है जाँगर गरेर  जम्मा ५ दिनमा ट्रेक  सकिन्छ फेरी पोखरा झरेर।  प्रकृतिको वरदान कति राम्रो देश हाम्रो  सधै एकै ठाउं कति बस्नु कहिले त घुम्नुफिर्नु राम्रो।  बोतल /लौरो/ जुत्ता /कपडा चाहिने सामान बोकी  हिडौं साथी...

पाईयो पारिवारिक साथ _पाईएन देख्नलाई बाघ। सफारी अनुभव ।

Image
कार्तिक ३ गते शनिबार।  ठुली छोरी भ्रमणका  लागि स्कूल टोलीसंग चाइना उडिन्। सानी छोरी काठमान्डू नै बसिन्। ससुरबुवा,सासुआमा, उहाँ र म लाग्यौं नवलपरासीतर्फ। कुरीनटारमा रहेको बाह्रसिंगे बियर फ्याक्ट्रीमा खाजा खान पस्यौं। खाने बानी र रुचि भएकालाई नेपाली ब्रान्ड राम्रै कुरो भयो।  मैले भने आजसम्म बियर मुखमा पारेको छैन।  मलाई त्यहाँको पिज्जा निकै नै मनपर्छ। पिज्जा भनेपछि छोरीहरु पनि हुरुक्क हुन्छन्।  तर दुईजनै नानीहरु साथमा थिएनन्। हरेक स्लाइस्मा सम्झिँदै खाएँ।  खाजा खाईवरी बाटो लाग्यौं। नागढुंगा कुरिन्टार बाटोपनि दुरुस्तै चितवन देखि बुटवलकै झल्को दिने। यात्रा गर्नै कठिन।  नवलपरासी नगरपालिका अन्तर्गत अमलटारी बाघखोरमा थारु होमस्टे संचालनमा रहेछन्। हामी त्यहीं बस्यौं। लोकल भट्मास साँधेर, लोकल कुखुरा, हाँस, माछा आदिको परिकार खायौं।  बिहान मेरो ढिला उठ्न्ने बानी।  मेरो भन्दा उहाँको झन् ढिलो। फ्रेस भएर जंगल सफारीका लागि निस्कंदा  साढे आठ बजिसकेको थियो। उहाँको साथी गौडेल बाबु, बुवाआमा, उहाँ र म भएर निस्क्यौं गुन्द्रे ढकाहा सामुदायिक जंगल सफार...

बाल्यकालको दशैँ

Image
  पारिवारिक मिलन , हर्ष र उमङ्गको चाड बडादशैं । बडादशैंको पावन अवसरमा सबै नेपालीजनमा हार्दिक शुभकामना। वर्षा सकिएर प्रकृति खुलेकी छन्। स्कूल बिदा भएपछी बालबच्चा   उस्तै फुरुंग देखिन्छन्। कामले, पढाईले टाढिएकाहरु पर्व मान्न आ आफ्नै ठाउँथलो फर्केका छन् । लिपपोतले सिंगारिएका घरहरु सादा पान्नामा कोरिएको रंगिन चित्रजस्ता देखिन्छन् । टारीखेत र गैह्री खेतमा धानका बाला हल्का झुकेर पाहुनाको स्वागत गरे जस्तै भान हुन्छ । घरबाट टाढा बसेका सन्तानलाई अंगाल्न आमा आत्तिए जस्तै अटल अनि हरिया बनपाखाहरु आफ्नो अनुपम सुन्दरता देखाउन हतारिए झैं प्रतित हुन्छ  ।  केटकेटिहरु बिहान सबेरैदेखि   बेलुका अंधेरैसम्म पिङमै झुण्डेका देख्न सकिन्छ । किताबका पान्ना पल्टाउनु र होमवर्क सक्काउनुको तनाब जो छैन । आकाशमा चरा उडेसरि उडेका चंगा छन्। लट्टाई समाएका भुराभुरी चंगातिरै हेरेर दङ्ग छन्। अझ बाजी पो थाप्दै छन् त तेरो चंगा माथिसम्म पुग्ने कि, मेरो भनेर । छुट्टी मिलेका लाहुरे फर्केका छन् परिवारका लागि   खुशी   बोकेर । नमिल्नेले   अर्को दशैंमा छुट्टी आउ...